लाइभ प्रसारण गरेर झुण्डिएर मर्न खोज्दा…

भारतको मुम्बइमा एक युवकले ह्वाट्सएपमा लाइभ भिडियो सेयर गरेर झुण्डिएर मर्न लागेका थिए । उनले आफू झुण्डिएर मर्न लागेको भिडियो लाइभ प्रसारण गर्दै थिए । तर, उनी झुण्डिनुभन्दा पहिल्यै प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घरेलु झगडाका कारण उनकी श्रीमतीले उनलाई छोडेर गएका कारण उनले आत्महत्या गर्न खोजेको बताइएको छ । प्रहरीले उनलाई गिरफ्तार गरेको छ । सचिन धवाडे नामका ती युवक प्रोफेशनल फोटोग्राफर भएको बताइएको छ । श्रीमतीले छोडेर गएपछि उनी मानसिक रुपमा निकै तनावमा थिए ।

शुक्रबार साँझ प्रहरीले उनी आफ्नै भिडियोको लाइभ प्रसारण गरेर मर्न लागेको थाहा पाएको थियो । लगत्तै प्रहरी उनको घर गयो । घरमा उनका आमाबाबु थिए तर उनीहरुलाई छोराको यो कामबारे थाहा थिएन ।

प्रहरी उनको कोठामा पुग्दा ढोका बन्द थियो । प्रहरीले उनी मरिसकेको अनुमान गरेको थियो । प्रहरीले छतबाट भित्र जाने प्रयास गर्दा सफल भएनन् । छतको चरबाट भित्र हेर्दा सचिन जीवितै रहेको पाएपछि प्रहरीले उनलाई सम्झाएर आत्महत्या नगर्न राजी गराएका थिए ।

Leave a Reply

Your email address will not be published.