फिलिपिन्सकी मेगन विश्व सुन्दरी

Megan Youngबाली- बाली प्रान्तमा भएको मिस वर्ल्डको उपाधि फिलिपिन्सकी २३ वर्षे मेगन योङले जितेकी छिन्। शनिबार आयोजित कार्यक्रममा गतवर्षकी मिस वर्ल्ड वेन जिया युले ताज पहिराइदिएकी थिइन्। उनी टेलिभिजन प्रस्तोता समेत हुन्। ‘म अहिलेसम्मको उत्कृष्ट मिस वर्ल्ड हुने वाचा गर्छु,’ मिस वर्ल्डको ६३औं संस्करणमा उनले भनिन्। मुश्लिम समुदायको विरोधको कारण कडा सुरक्षाभित्र सम्पन्न मिस वर्ल्डमा फिलिपिन्स, फ्रान्स, गाना, ब्राजिल, स्पेन, ग्रिल्बाल्टर, अष्ट्रिलिया, नेपाल,बेलायत, इण्डोनेसिया र जमैका उत्कृष्ट १० मा परेका थिए। प्रतियोगितामा एक सय २७ देशका प्रतियोगीहरुले सहभागिता जनाएका थिए।
३ हप्ता अवधिभर फिलिपिन्समा रहेका युवतीलाई विभिन्न विधामा मार्किङ गरिएको थियो। प्रतियोगितामा ब्यूटी, ब्रेन, क्षमता र राम्रो कामका आधारमा मार्किङ गरिएको थियो। यसपटक औपचारिक शिक्षा र कम्तीमा पनि ३ भाषामा दक्षतालाई मूख्य छनोटमा राखिएको थियो। मिस फिलिपिन्सले उत्कृष्ट मोडल र ट्यालेन्टको उपाधिसमेत जितेकी थिइन्।
त्यस्तै मिस नेदरल्यान्डकी जैकलिन खेल विधामा उत्कृष्ठ भइन्। बिच ब्युटीको टाइटल भने मिस ब्राजिल र मल्टिमिडियाको उपाधि मिस इन्डिया नवनीत कौर ढिल्लोले जितिन्। मिस नेपाल इशानी श्रेष्ठले व्युटी वुथ पप्रोजको उपाधि जितिन्।Megan Young Marine Lorpheline Carranza Naa Okailey Shooter Megan Young Megan Young Marine Lorpheline Carranza Naa Okailey Shooter Megan Young

Leave a Reply

Your email address will not be published.