ओली उठ्ने क्षेत्रमा उपेन्द्र यादवको नाम सिफारिस

स्थानीय निर्वाचनको चटारोबाट मुक्त नहुँदै सिरहामा राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी चयनमा जुटेका छन् । संघीय समाजवादी फोरम बाहेक अन्य दल गृहकार्यमै छन् । संघीय फोरमले भने उम्मेदवार सिफारिस टुंगो लगाएको छ ।

फोरम अध्यक्ष उपेन्द्र यादव सिरहा १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । मधेस आन्दोलनको उद्गमथलो लहान नगरपालिका सहितको यो क्षेत्रबाट एमालेले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरे लगत्तै फोरमले यादवको नाम प्रस्ताव गरेको हो ।

लहान नगरपालिकाको चुनावमा एमालेले कांग्रेसलाई पराजित गर्दा फोरम तेस्रो स्थानमा थियो । सो क्षेत्रबाट यादवसँगै केन्द्रीय सदस्य सत्यनारायण यादवको नाम पनि सिफारिस भएको छ ।

संघीय समाजवादी फोरमले सिरहाका चारैवटा निर्वाचन क्षेत्रमा पतिनिधिसभा र प्रदेश सभा निर्बाचनको लागि आफ्ना सबै उम्मेद्धारको नाम टुङ्ग्याएको छ । क्षेत्र नंम्बर २ मा विजय यादवको नाम सर्वसम्मत सिफारिस भएको छ । क्षेत्र नंम्बर तीन ३ मा अशेश्वर यादव र शत्रुधन सिंह, क्षेत्र नम्बर चारमा बिरेन्द्र यादवको नाम सिफारिस गरेको छ ।

संघीय फोरमले प्रदेश सभा निर्वाचनको लागि पनि सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेद्धारको नाम टुङ्गो लगाएको छ ।

यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि प्रतिनिधि सभाका लागि सिरहा क्षेत्र  नम्बर १ बाटै सिफारिस गरेको छ।

Leave a Reply

Your email address will not be published.