संस्थापक अध्यक्ष थनेत थाकस युएईमा फर्किए

थारु कल्याणकारिणी सभा युएईका संस्थापक अध्यक्ष नेत्रनारायण थनेत पुनः संस्थामा फर्किएका छन्। ब्यापारको सिलसिलामा संस्थालाई समय दिन नसकेको भन्दै प्रवासी थारु समाज युएईको रुपमासमेत चिनिने उक्त संस्थाबाट उनले एक वर्षअघि साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका थिए। 

उनले आफूले आवेशमा आएर राजीनामा दिएको स्वीकार्दै उप्रान्त यस्तो किसिमको गल्ती नदोहोर्‍याउने वाचासमेत गरेका छन्। ‘कार्यव्यस्तताका कारण २०१६ सेप्टम्बर १६ का दिन म साधरण सदस्यसमेत नरहनेगरी थारु कल्याणकारिणि सभाबाट विदा भएको थिएँ। तर समाज सेवालाई निरन्तरता दिँदै जाँदा  थारु कल्याणकारी सभाको आवश्यकता महसुस भयो। रजीनामा दिएको गल्ती महसुस गर्दै उप्रान्त  यस्तो गल्ती नगर्ने वाचा गर्छु,’ उनले फेसबुकमा उल्लेख गरेका छन्।

उनले गल्ती कमजोरीलाई सच्याउँदै थारु कल्याणकारिणी सभा युएईलाई अझ सशक्त र अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

Leave a Reply

Your email address will not be published.