चन्द्रबहादुर र शान्ता चौधरी समानुपातिकमा सिफारिस

थरुहट आन्दोलनका अगुवा चन्द्रबहादुर चौधरी नेकपा एमालेको बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि समानुपातिकमा सिफारिसमा परेका छन्। एमाले जिल्ला कमिटीका सचिवालय सदस्यसमेत रहेका उनी विसं २०४८ सालदेखि पार्टीमा सक्रिय राजनीति गरिरहेका छन्। बाँकेमा हुने थारुहरुका हरेक आन्दोलनमा उनले अगुवाई गर्छन्। थरुहट संयुक्त संघर्ष समितिको जिल्ला संयोजक भएर पनि उनले पहिचानको आन्दोलनलाई अगाडि बढाएका थिए।

विगत २६ वर्षदेखि राजनीतिमा आबद्ध चौधरी एमालेको गाउँ, जिल्ला कमिटी हुँदै केन्द्रीय स्तरको कमिटीमा रहेर अनुभवसमेत बटुलेका छन्। जिल्ला कमिटीले समानुपातिकमा पहिलो प्राथमिकतासाथ उनको नाम सिफारिस गरेको छ।

त्यस्तै दाङकी एमाले नेतृ शान्ता चौधरीलाई पनि यसपटक समानुपातिकमा सिफारिस गरेको छ। दोस्रो संविधानसभाको चुनावमा नेपाली कांग्रेसकी सुशीला चौधरीसँग पराजय व्यहोरेकी शान्तालाई प्रतिनिधि सभाका लागि दाङ क्षेत्र नम्बर २ बाट पार्टीले सिफारिस गरेको हो। उनी पछिल्लो समय एमालेभित्रको थारुहरुमध्ये प्रभावशाली नेतृको रुपमा चिनिन्छन्।

Leave a Reply

Your email address will not be published.