थाकस दक्षिण कोरियाको दोस्रो अधिवेशनबाट शिव चौधरी निर्विरोध निर्वाचित

कारी महतो/चितवन।
वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपालका थारु युवाहरुको सक्रियातामा गठन भएको थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाको दोस्रो अधिवेशन शनिवार सउलमा सम्पन्न भएको छ। अधिवेशनबाट चितवनको शिव चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा शिव शंकर महतो थारु (पर्सा), उपाध्यक्षहरुमा प्रेम कुमार चौधरी (सुनसरी) र सुरेश कुमार चौधरी (सप्तरी), सचिबमा नेत्र बहादुर चौधरी (सुर्खेत), सहसचिव विनोद चौधरी (चितवन), कोषाध्यक्षमा श्रृता माझी (मोरङ) छन्।

त्यस्तै सदस्यहरुमा भुपेन्द्र थनेत थारु (नवलपरासी), विपिन चौधरी (चितवन), (राजु चौधरी (सुर्खेत), विनोद चौधरी (चितवन), युवराज चौधरी (सुनसरी), लिला महतो थारु (चितवन), हिरा चौधरी (कैलाली), मनकामना चौधरी (सुनसरी), राजिव चौधरी (सप्तरी), जङ्ग बहादुर थारु (बर्दिया) सबै निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनको उदघाटन समारोहमा प्रमुख अतिथिका रुपमा आमन्त्रित आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र मोक्तानले दक्षिण कोरियामा स्थापना भएका सम्पूर्ण संघसंस्थाहरु समन्वय गरेर काम गर्नुुपर्ने बताएका छन् । विशिष्ट अतिथिमा एनआरएनए (ल्च्ल्ब्) कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङ तथा एनसिसी (ल्ऋऋ) कोरियाका अध्यक्ष अन्जु केसीले अधिवेशनको शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा विभिन्न जातीय, क्षेत्रीय, राजनैतिक व्यक्तित्वका साथै पत्रकार, विद्यार्थी लगायत कोरियामा रहेका थारु दाजुभाइ तथा दिदिबहिनीको उल्लेख्य सहभागिता रहेको थियोे । कार्यक्रम संस्थापक अध्यक्ष पुस्प चौधरीको अध्यक्षमा सम्पन्न भएको थियो भने उमेश चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिले निवर्तमान समितिको कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै भविष्यमा कार्ययोजना बनाई अगाडि बढ्ने जनाएका छन् । चितवनका थारु पत्रकारहरु र युवा समाजसेवीहरुले चलाएको अभियान ‘सन्जीत महतो राहत कोष’लाई आर्थिक सहयोग गर्ने योजना नै थाकस दक्षिण कोरियाको नवनिर्वाचित समितिको पहिलो कार्यक्रम हुने जानकारी नवनिर्वाचित अध्यक्ष शिव चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published.