सांसद वैजनाथ चौधरी नवलपरासीको क्षेत्र १ बाट निर्वाचन लड्ने

नेकपा एमालेको परासीमा बसेको बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य एवं नवलपरासी क्षेत्र नं। ४ बाट निर्वाचित सांसद वैजनाथ चौधरीलाई पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नं। २ अन्तर्गतको प्रदेश सभा क्षेत्र नं १ बाट निर्वाचनमा लड्नका लागि सर्वसम्मतलेसिफारिस गरेको छ । अब जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै पार्टीको स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गर्नेछ।

यसैगरी प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र नं। २ मा पनि एमालेले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। यो क्षेत्रबाट प्रदेश सभा सदस्य पदको उम्मेदवारका लागि सचिवालय सदस्य सिताराम चौधरीलाई सर्वसम्मत सिफारिस गरिएको एमाले जिल्ला सहसंयोजक थानप्रसाद गैरेले बताए।

यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा पनि एमालेले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। एमाले प्रतिनिधि सभा समन्वय कमिटीको आज परासीमा बसेको बैठकले एमालेबाट शोभाकान्त ढकाललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको जिल्ला संयोजक तुल्सी पासीले बताए।

Leave a Reply

Your email address will not be published.