सिकलसेल रोगबारे सचेतनाका लागि सांस्कृतिक कार्यक्रम

विमला चौधरी/नेपालगञ्ज।
बाँकेको कोहलपुरस्थित रझेनामा सिकलसेल एनेमियाबारे सचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिएको छ। थारु संस्कृति संरक्षण, प्रवर्द्धनसँगै सिकलसेल एनेमियाबारे चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा कोहलपुर उपमहानगरपालिकाका मेयर लुटबहादुर रावत, उपमेय सन्जुकुमारी थारु, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु र नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले संयुक्तरुपमा थारुहरुको देवतालाई छाँकी चढाएर उद्घाटन गरे।

श्री सिद्धार्थ एकीकृत समाज विकास केन्द्र, कोहलपुर नगरपालिका ५ र ६ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा सिकलसेल एनेमियाबारे सचेतनामूलक नाटक, थारु संस्कृति झल्किने बिभिन्न नाच प्रस्तुत गर्नुका साथै, थारु भेषभुषा, थारु परिकार प्रदर्शन गरिएको कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी थारुले जानकारी दिइन्।

कोहलपुर क्षेत्रका थारु समुदायबाट हजारौंको सहभागिता रहेको कार्यक्रममा पश्चिम नेपालका थारु समुदायमा स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनेमियाबाट बंसानुगतरुपमा शन्तानमा सर्ने तरिका र नियन्त्रण गर्ने उपायकाबारेमा प्रोजेक्टरका माध्यमबाट जानकारी गराइएको उनले बताए।

आगामाी दिनमा कोहलपुरको प्रत्येक वडामा सिकलसेलबारे सचेतनाको कार्यक्रम गर्दै जाने उपमेयर सन्जुले जानकारी दिइन्। सिद्धार्थ एकीकृत समाज विकास केन्द्रका कार्यबहाक अध्यक्ष पाँचुराम थारुको अध्यक्षतामा भएको कार्यक्रलाई सम्बोधन गर्ने बक्ताहरुले सिकलसेलबारे जानकारी गराउन थारु समुदायको प्रत्यक बस्तीमा यस्तोखालको कार्यक्रम गर्न आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published.