बाराको करैयामाई गाउँपालिकामा कांग्रेसका भुनेश्वर धामी र चित्रलेखा चौधरी निर्वाचित

बाराको करैयामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भुनेश्वर धामी निर्वाचित भएका छन् । उनी निकटतम् प्रतिस्पर्धी संघीय समाजवादी फोरमका शम्भुप्रसाद यादवलाई १ सय ७० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । धामीले ३ हजार ३ सय २९ मत प्राप्त गरे भने यादवले ३ हजार १ सय ५९ मत पाएका थिए ।

यसै गरी, करैयामाईको उपप्रमुखमा कांग्रेसकी चित्रलेखा चौधरी फोरमका लालादेवी पडितलाई ५ सय ७१ मतान्तरले पराजित गर्दै निर्वाचित भइन् । चौधरीले ३ हजार ३ सय ७२ र पडितले २ हजार ८ सय १ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.