पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी

पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश चौधरीले दुई हजार ८५५ मत प्राप्त गरेको पटेर्वासुगौली गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए।

त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी ममता चौधरी विजयी विजयी भइन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जु चौधरीलाई ५०० भन्दा बढीको फराकिलो मतअन्तरले पराजित गरेको जानकारी दिए ।

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ को अध्यक्षमा एमालेकै फरमान मियाँ, वडा नं २ मा काँग्रेसका विजय गौरो, वडा नं ३ मा कांग्रेसकै माधव महतो थारु, वडा नं ४ मा नेपाल लोकतान्त्रिक फोरमका राजेश्वर महतो थारु र वडा नं ५ मा एमालेका मुक्तिलाल साह विजयी भएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए।

Leave a Reply

Your email address will not be published.