आयुर्वेद चिकित्सक संघको महासचिवमा डा. मनोजकुमार चौधरी निर्वाचित

नेपाल आयुर्वेद चिकित्सक संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको नवौँ राष्ट्रिय सम्मेलनले डा प्रकाश ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

संघको वरिष्ठ उपाध्यक्षमा डा सवरी साह, महिला उपाध्यक्षमा डा काशी खतिवडा, महासचिवमा डा मनोजकुमार चौधरी, सचिवमा डा नरेन्द्र गिरी, कोषाध्यक्षमा डा बुद्धि पौडेल चयन भएका छन्।

यस्तै प्रदेश उपाध्यक्ष अन्तर्गत प्रदेश १ मा डा सुरज कर्माचार्य, प्रदेश २ मा विनोद यादव, प्रदेश ३ मा डा बैकुण्ठ सुवेदी, प्रदेश ४ मा डा संजित सापकोटा, प्रदेश ५ मा डा सन्तोष शर्मा, प्रदेश ६ मा डा भक्तबहादुर केसी र प्रदेश ७ मा डा खगेन्द्रबहादुर बम चयन भएका छन्।

यसैगरी, सदस्यमा डा विजयकुमार सिंह, डा सरोजप्रसाद विसाल, डा राजिव घिमिरे, लोकेश कर्ण, डा शिवनारायण गुप्ता, डा नदन कँडेल, डा नारायण पाण्डे, डा सृजना श्रेष्ठ, डा मंगलकान्त झा र डा केनीन राई निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published.