मधेसी मोर्चाका मागमा थारुहरु सहमत छैन : एमालेका थारु सांसद

एमाले सभासद् कृपाराम रानाथारु
एमाले सभासद् कृपाराम रानाथारु

नेकपा एमालेका थारु सांसदहरुले मधेसी मोर्चाको मागमा थारुहरु सहमत नभएको बताएका छन्। कैलालीको अतरियामा आयोजित कार्यक्रममा थारु सांसदहरु कृपाराम राना थारु, पूर्व सांसद नारादमुनी राना थारु, कैलालीका एमाले नेता हनुमान चौधरी लगायतले संविधानमा थारु मधेसी सबैको अधिकार सुनिश्चित भएकाले आन्दोलन औचित्यहीन रहेको बताए ।

थारु महिला नेतृ चुनदेवी चौधरीले नाकाबन्दी गरेर जनतालाई सास्ति दिने मधेसी मोर्चाका मागमा थारुहरु सहमत नरहेको बताइन् । उनले भनिन्-‘५० जना मान्छे एउटा नाकामा बस्दैमा देशैभरीका नाका किन थुनियो ? अब मधेसी र थारु जनताले आन्दोलनकारीलाई नाबाट खेदाउनुपर्छ ।’

२० हजार भन्दा बढी सहभागी रहेको जनसभालाई एमाले उपाध्यक्ष तथा रक्षामन्त्री भीम रावल, पोलिटव्यूरो सदस्य कर्ण थापा, महेश्वर पाठक, गरिमा साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए । संविधानको बारेमा थारु समुदायलाई प्रष्ट पार्न बृहत जनसभा आयोजना गरिएको हनुमान चौधरीले बताए।

 

Leave a Reply

Your email address will not be published.