मन्त्री दहितद्वारा बर्दियाका कमलरीलाई परिचय पत्र वितरण

दाङबाट सुरु भएको मुक्त कमलरी परिचय पत्र वितरण कार्यक्रम बर्दिया पुगेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले शुक्रबार बर्दियाको गुलरियास्थित जिल्ला विकास समितिको भवनमा २९ जना मुक्त कमलरीलाई परिचय पत्र वितरण गरेका छन्।

जिल्लाका विकास समितिकि संयोजक शंकर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कमलरी अभियन्ताहरुबाट परिचय पत्र वितरण गरिएको थियो। मन्त्री दहितले आफ्नै पहलमा कमलरी आयोग गठन गरी परिचय पत्र वितरण अभियान सञ्चालन गरेका हुन्। चार महिनामा करिब १३ हजार कमलरीहरु यसबाट लाभान्वित हुने कमलरी आयोगले जनाएको छ।

कार्यक्रममा सहभागी मुक्त कमलरीहरुले खुसी ब्यक्त गर्दै मन्त्री दहितलाई धन्यवाद दिएका थिए। उनीहरुले कमलरी बस्नै नपर्नेगरी ऐनकानुन ल्याउनुका साथै कमलरीहरुलाई आर्थिक समाजिकरुपमले समृद्ध बनाउनुपर्ने माग गरेका थिए।

कार्यक्रममा कमलरी अभियन्ता फकला थारु, कृष्णी चौधरी, निरु चौधरी, अनिशा चौधरी, रुवा चौधरीलगथायतले आफ्नो गुनासो राखेका थिए।

यो पनि पढ्नुस्:

मुक्त कमलरीलाई परिचयपत्र, १३ हजार कमलरी लाभान्वित हुने

Leave a Reply

Your email address will not be published.