वसन्ती चौधरीले जितिन् अन्तर्राष्ट्रिय अवार्ड

मुक्त कमैया तथा कमलरी अभियन्ता वसन्ती चौधरीले एनपिस अवार्ड जितेकी छन्। विगत एक दशकदेखि कमैया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी उनी एनपिसको ‘अनटोल्ड स्टोरी’ क्याटोगरीमा अवार्ड जितेकी हुन्। एनपिस नेटवर्कले बुधबार उनले अवार्ड जितेको घोषणा गरेको हो। विजेता चौधरीले भोट गरेर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएकी छन्। थारुवानसँग कुरा गर्दै उनले यो आफ्नो कामको मूल्यांकन गरेर अवार्ड प्रदान गर्नुहुने एनपिस नेटवर्कलाई धन्यवाद दिइन्।

को हुन् बसन्ती?

उनी कमैया प्रथा उन्मुलन समूहका अध्यक्ष हुन्। यो संस्थाले कमैया कमलरीको हकहितको लागि काम गर्दै आएको छ। उनको यो संस्थामा कैलालीका तीन हजार चार मुक्त कमैया सदस्य आबद्ध छन्। जसमा करिब तीन हजार महिला गृहणी छिन्। यो संस्थाको सञ्जाल कैलालीको १५ गाविसमा फैलिएको छ। यो संस्थाले घरेलु हिंसा, कमलरीमाथिको दुर्व्यहावर र विभिन्न किसिमका विभेद्‍विरुद्ध पनि आवाज उठउँदै आएको छ। यो संस्थाले मुक्त कमैया कमलरीमाझ विभिन्न् खालका प्रशिक्षण पनि चलाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published.