तीन छोरी गुमाएका कमीलाल थारुलाई प्रधानमन्त्रीले दिए ६ लाख, घर बनाइदिने आश्वासन

बाढीले घर भत्किएर तीन छोरी गुमाएका कामीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ६ लाखको चेक हस्तान्तरण गरेका छन्। बाढी पीडितको अवस्था बुझ्न बाँके पुगेका प्रधानमन्त्री देउवाले सरकारको निर्णय अनुसार ६ लाखको चेक दिएका हुन्। सरकारले बाढीमा मृत्यु भएकाको परिवारलाई २-२ लाख राहत दिने निर्णय गरेको छ।

प्रधानमन्त्री देउवाले कामीलाललाई सरकारले नै घर बनाइदिने आश्वासन दिएका छन्। लगातारको वर्षपछि आएको बाढीले राप्ती सोनारी ४ लालपुर गाउँमा थारुको घर भत्किएको थियो । घर भत्किन थालेपछि थारु दम्पत्तिले भागेर ज्यान बचाए तर, ७, ९ र १२ वर्षकी तीन छोरीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.