थारु पत्रकार संघ नेपालको महाधिवेशन सुनसरीमा गर्ने निर्णय

थारु पत्रकार संघ नेपालले आफ्नो महाअधिवेशन सुनसरीमा गर्ने निर्णय गरेको छ। बुधबार कृष्णराज सर्वहारीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले मंसिर मासन्तभित्र सुनसरीमा गर्ने निर्णय गरेको हो। अधिवेशन थारु पत्रकार संघ नेपालको सुनसरी शाखाले मोरङ शाखाको समन्वयमा आयोजना गर्ने निर्णय भएको हो।

अधिवेशन भदौमै गर्नुपर्ने भएपनि अहिलेको असहज परिस्थिति र असोज २ गते आसन्न स्थानीय चुनावका कारण मंसिरमा गर्ने निर्णय भएको महासचिव मदन चौधरीले जानकारी दिए। त्यसअघि जिल्ला शाखाहरुको अधिवेशन गराइसक्नुपर्नेछ। काठमाडौं केन्द्रीय कार्यलय रहेको थारु पत्रकार संघको तराईका १४ जिल्लामा शाखा छ।

त्यस्तै संघले भदौ ३१ गते दसैं, तिहार र छठको उपलक्ष्यमा शुभकामका आदानप्रादान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका थारु अगुवा, संघसंस्थाका प्रतिनिधि र दलका नेताहरुको उपस्थिति रहनेछ।

Leave a Reply

Your email address will not be published.