बाढीबाट मर्नेको संख्या ४९ पुग्यो, ३६ जना बेपत्ता

शुक्रबारदेखिको अविरल वर्षापछि मुलुकभरिका विभिन्न भागमा आएको बाढी पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो संख्या आइतबार दिउँसोसम्मको हो। बाढीमा परी ३६ बेपत्ता भएको १७ जना घाइते भएको केन्द्रले जनाएको छ।

बाढीबाट सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ। त्यहाँ ६ हराइरहेका छन्। रौतहटमा ७ जनाको मृत्यु भएको छ भने मोरङमा ६ र सिन्धुलीमा ४ जनाको ज्यान गुमाएका छन्। झापा, दाङ, बाँके, पाँचथर, सुर्खेतमा ३-३ जनाको मृत्यु भएको छ। सर्लाही र बर्दियामा एक/एक जनाले ज्यान गुमाएका छन्।

बाढीमा परी मकवानपुरमा ८ जना बेपत्ता भएका छन्। सुनसरीमा ६ बेपत्ता छन् भने झापामा ५ जना हराइरहेका छन्।

Leave a Reply

Your email address will not be published.