नारायणीमा पानीको सतह खतराको निशानभन्दा माथि, पाँच सयभन्दा बढी घर डुबानमा

लगातारको झरीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । गण्डक बाँध रहेको त्रिवेणीमा पानीको तह ७.३ मिटर भन्दा माथि देखिएको छ । गण्डकको देवघाटमा भन्दा त्रिवेणी बाँधमा पानीको सतह धेरैमाथि देखिएको छ । नारायणगढ भन्दा २२ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी बाँध (गण्डक बाँध) सम्मका खोलाहरुमा आएको बाढी र लगातारको झरीका कारण गण्डक बाँध रहेको स्थानमा पानीको सतह एक्कासी बढेको हो ।

सुस्ता आसपास, पक्लिहवा, नरसहि र कुडिया क्षेत्रको स्लगत अवलोकन गरेका नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गण्डकमा पानीको सतह खतराको तह भन्दा माथि देखिएकाले सबै सुरक्षा निकायलाई परिचालन गरेर सर्तकता अपनाइएको जानकारी दिए ।

उनले सबै सुरक्षाकर्मी र स्थानियलाई उद्धारकालागि तम्तयार अवस्थामा राखिएको कान्तिपुरलाई बताए । प्रजिअले गण्डक बाँधका सबै ढोका खुल्ला राख्न भारतीय समकक्षीलाई जानकारी गराएको बताए ।
नारायाणीमा पानीको सतह बढेपछि त्रिवेणी, बबुअन, सुस्ता, नरसहि, पक्लिहवा, प्रतापपुर, बेलाटारी र कुडिया क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् । उता गैंडाकोटदेखि त्रिवेणीसम्मको क्षेत्रमा नदी आसपासका वस्ती रहेका स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

खासगरी कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाविसका नदी किनारका बासिन्दा बाढिको जोखिममा रहेका छन् ।

मध्यविन्दु नगरपालिकाको दक्षिण नारायणी नदी किनारमा रहेको शेहरी, नन्दपुर, ब्रम्हस्थान र विनयी त्रिवेणी गाउँपालिकाको बबुअन क्षेत्रका करिब ५ सय घर डुबानमा परेका छन् । ती स्थानमा स्थानीयहरु खाद्यान्न, लत्ताकपडा र चौपाय डोर्‍यार सुरक्षित स्थानमा सरिरहेको इलाका प्रहरी कार्यालयका डिएसपी राजेश थापाले जानकारी दिए । त्यस क्षेत्रमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि उद्धारमा खटिएको छ ।

तस्बिर : सागर कार्की/फेसबुकबाट

Leave a Reply

Your email address will not be published.