दुई चार जनाले गरेको आन्दोलनलाई सिङ्गो थारू-मधेसीको आन्दोलन भन्न मिल्दैन : शान्चा चौधरी

Shanta-Chaudhary

पूर्व सभासद् शान्ता चौधरीले नेपाललाई छिटोभन्दा छिटो जातीय आन्दोलन मुक्त गराउन जातीय भातृ संगठनभन्दा वर्गीय भातृ संगठन बनाउन जरुरी रहेको बताएकी छन्। रिपोर्टस क्लव दाङ तुलसीपुरमा शुक्रवार पूर्वसभासद एवं राष्ट्रिय भूमिअधिकार मञ्चकी सदस्य चौधरीले देशमा जस्तोसुकै जटिल अवस्था सिर्जना भए पनि आफ्नो नेपाली स्वाभिमान जोगाई राख्ने प्रतिवद्धता व्यक्त गरिन्। चौधरीले जवसम्म वर्गीय समस्याको समाधान हुँदैन तबसम्म कुनै पनि समस्याको समाधान हुनै नसक्ने पनि ठोकुवा गरिन्।

उनले दुईचार जना थारू र मधेसीले गरेको आन्दोलनलाई सिङ्गो थारू र मधेसीको आन्दोलन भन्न नमिल्ने बताइन्। थारू र मधेसीको नाममा आन्दोलन गर्ने तर सिङगो नेपालीको घाँटी निमोठ्ने यो कहाँको नियम हो? उनले प्रश्न गरिन्।

जातीय द्धन्द्धले कहिलै पनि देशमा शान्ति र स्थायित्व नहुने भन्दै उनले खलवलिएको सद्भावलाई सुमधुर कसरी वनाउने भन्ने वारेमा सोच्न र सद्भावको लागि जुटन अपिल पनि गरिन्। ‘म जस्तो कष्टपूर्ण जीवन व्यतित गर्नु परेपनि तयार छु तर जातिय विभाजनका कुरा गर्ने छैन’ उनले भनिन्।
उनले अहिले सरकारलाई छिटो विद्यमान जटिल परिस्थितिको अन्त्य गर्न र जनताको दुःखकष्टलाई अविलम्ब सम्बोधन गर्न पनि आग्रह गरिन्।

Leave a Reply

Your email address will not be published.