एमटीभीको ‘स्प्लिटस्भिल्ला’मा नेपाली चेली इशा खड्का चौधरी

भारतीय टेलिभिजन च्यानल एम टीभी बाट प्रशारण हुँदै आएको रियालिटी शो ‘स्प्लिटस्भिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी छनोट भएकी छिन् । इशा देश बिदेशबाट भएको अडिसनमा हजारौं बाट उत्कृष्ट १५ मा परेकी हुन् । रियालिटी शो को दसौ श्रृङ्खला चलिरहँदा नेपालबाट उनी पहिलो पटक छनोट भएकी हुन् ।

अभिनेत्री सन्नी लियोन र रणबिजयले सञ्चालन गर्दै आएको यो शो एमटीभीको रोडिज र स्प्लिटस्भिल्ला सर्वा्धिक लोकप्रिय रियालिटी शो मानिन्छ ।

आइतबार साँझ सवा ७ बजे प्रसारण हुने प्रतियोगितामा भारतका चर्चित मोडल, गायक तथा सेलेब्रिटीहरू प्रतिस्पर्धामा छन् । इशाले नेपालका केही फेसन शो मा भाग लिइसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published.