हरेराम महतोलाई सहकर्मी नेपालीहरुको सहयोग

कारी महतो/चितवन।
साउदी अरेबियामा एउटै कम्पनीमा काम गर्ने नेपालीहरुले हरेराम महतोलाई आर्थिक सहयोग पठाएका छन् । १२ जना मिलेर उनलाई ४२ हजार ६८५ रुपैयाँ सहयोग पठाएका हुन् । “हरेराम साउदीमै हुँदा पनि उसलाई घर पठाउनका लागि हामीले पैसा उठाएर टिकट काट्न दिएका थियौं ।” ऊसँग काम गर्ने आकास चौधरीले फेसबुक मार्फत् जानकारी दिदैं भने “साउदीका डाक्टरले दुवै किड्नी फेल भएको कुरा बताएको थिएन तर धेरै दिन बिरामी भएकोले नेपालमै गएर उपचार गर्न हामीले सल्लाह दिएका हौं ।”

कम्पनीले कुनै सहयोग नगरेकोले सबै साथीहरुको सल्लाह अनुसार सहयोग गरेको तर पछि थारुवान डट कम लगायतका अनलाइन र समाजिक सञ्जाल मार्फत् हरेरामको दुवै मिर्गौला फेल भएको खबरले अत्यन्तै दुःख लागेको कुरा बताउँदै “हरेराम महतो बचाऊ अभियान” पनि चलेकोले थप आर्थिक सहयोग पठाएका कुरा आकासले जानकारी दिए ।

त्यसैगरी कालिका नगरपालिकाको पदमपुर घर भई हाल दुबईमा रहेका हरिराम चौधरीलेले व्यक्तिगत तर्फबाट हरेराम महतो बचाऊ अभियानका लागि पाँच हजार रुपैयाँ सहयोग पठाएका छन् । पोर्चुगलमा पनि हरेराम महतो बचाऊ अभियानका लागि नेपालीहरुले आर्थिक संकलन गरिरहेको कुरा खैरहनी नगरपालिका वडा नं. १ ज्यामिरे, चितवन घर भई हाल पोर्चुगलमा रहेका मित्रमणि कँडेलले जानकारी दिएका छन् ।

हालः काठमाडौंमा उपचाररत हरेरामसँग टेलिफोन मार्फत कुरा गर्दा उनले भने “साउदीमा विरामी भई अस्पतालमा उपचार गर्ने क्रममा डाक्टरले मिर्गौला फेल भएको कुरा मलाई भन्दै भनेन तर मलाई शंका चाहिं लागेको थियो ।” महिनौं दिन विरामी भई काम गर्न नसक्ने भएपछि घर फर्की आएको कुरा हरेरामले बताए । आफूले कमाएको पैसा उपचारकै क्रममा सबै सकिएको र थप उपचार गर्न आर्थिक समस्या परेकोले साथीहरुले घर पठाउन आर्थिक सहयोग गरेको कुरा बताए । तर कम्पनीले कुनै सहयोग गरेन।

हरेरामका श्रीमती विन्दु महतोले मिर्गौला दिने भनेको भए तापनि उनको एउटा मिर्गौलामा पत्थर देखिएकोले पहिला श्रीमतीकै उपचार गर्नुपर्ने र निको भएपछि मात्र मिर्गौला प्रत्यारोपण गर्न मिल्ने डाक्टरले बताएका छन् । यसअघि श्रीमतीको मिर्गौलाको पत्थर निकालीसकिएको समाचार आएपनि त्यो अझै निकालिएको छैन भनेर हरेरामले बताए । उनले त्यसको पुरा रिपोर्ट नआएको बताए । जसले गर्दा उनीहरु थप समस्यामा परेको बताए ।

साउदी अरेबियामा रहेका नेपालीहरुबाट सहयोग प्राप्त
१ आकाश चौधरी(बालकुमार) खैरहनी नपा १, बहेरा, चितवन, हाल साउदी अरेयिबा ५,४१०।–
२ काशीराम महतो खैरहनी नपा १, बहेरा, चितवन, हाल साउदी अरेयिबा ५,४१०।–
३ किशोर परियार स्याङ्जा जिल्ला, हाल साउदी अरेयिबा ४,०५७।–
४ रामसिंह महतो (सिंघवा) खैरहनी नपा १, बहेरा, चितवन, हाल साउदी अरेयिबा ४,०५७।–
५ खेम गुरुङ शारदानगर, चितवन, हाल साउदी अरेबिया ४,०५७।–
६ धनेश्वर महतो खैरहनी नपा १, बहेरा, चितवन, हाल साउदी अरेयिबा ४,०५७।–
७ बिलरा महतो खैरहनी नपा १, बहेरा, चितवन, हाल साउदी अरेयिबा २,७०५।–
८ कारी महतो खैरहनी नपा १, बहेरा, चितवन, हाल साउदी अरेयिबा २,७०५।–
९ रामजी महतो खैरहनी नपा १, बहेरा, चितवन, हाल साउदी अरेयिबा २,७०५।–
१० डाक्टर महतो खैरहनी नपा १, बहेरा, चितवन, हाल साउदी अरेयिबा २,७०५।–
११ मंगल महतो खैरहनी नपा १, बहेरी, चितवन, हाल साउदी अरेयिबा २,७०५।–
१२ विक्रम चौधरी जिल्ला, पूर्वी नेपाल, हाल साउदी अरेबिया २,७०५।–
ट्रान्सफर फी कटाएर जम्मा सहयोग प्राप्त ४२,६८५।–

Leave a Reply

Your email address will not be published.