बुद्धभूमिमा निर्वाचित उपमेयर मीरा थारुको जादू

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तहको निर्वाचनमा थारु समुदाकी महिला उप मेयर पदमा निर्वाचित भएकी छन् । विभिन्न सामाजिक क्षेत्रका अभ्यास र कामले गर्दा उनी समुदायमा घुलमिल भएको बातावरण गर्दा आज उनी गरिमामय उप मेयर जस्तो पदमा निर्वाचित हुन पुगेकी हुन्।

बुद्धभुमि नगरपालिका वडा नं २ वडहरकी बासिन्दा मिरा थारु सामान्य परिवारकी एक महिला हुन्। ३० वर्षीय मिरा थारुकी १ छोरा र श्रीमान छन् । श्रीमानले सिचाई कार्यालयमा काम गर्छन्। पहिले स्थानीय भुकृटी विकास बैंकमा ३ महिनासम्म खुत्रुके बचतको काम गरिन्। स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा वडा नागरिक मञ्चको व्यवस्थापन समितिको पदमा बसेर काम सुरुवा गरिन्। स्थानीय सामाजिक परिचालक सुमित्रा भुषालको सहयोगमा उनले वडामा आउने बजेट, बजेटका प्रकार, सामाजिक परिचालन, उपभोक्ता समिति महिला क्षमता विकास तालिमजस्ता कार्यमा रुची राखेर काम गरिन्।

काम गर्दे जाँदा स्थानीय प्रौढ शिक्षामा पढाउने अवसर पाइन्। सो वडामा आउने विभिन्न कार्यक्रम र समस्याबारे बुझ्दै गएपछि उनी सामाजिक क्षेत्रमा अगाडि बढ्ने मौका पाइन। वडा नागरिक मञ्चको कारण नगरपालिकाको परिषद तथा अन्य कार्यक्रममा सहभागी हुँदै समुदायको नेत्तृत्व लिन सक्षम भइन्। समुदायमा हुने काममा मिराको भूमिका महत्वपूर्ण बन्न लाग्यो। सानातिना विवाद मिलान्, झगडा व्यवस्थापन मेलमिलापजस्ता काममा मिराको भूमिका महत्पूर्ण रह्यो।

स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट उपमेयरको पदको उमेद्धारी दिइन्। पार्टी र आफूले लगानी गरेको सामाजिक क्षेत्रको कामको प्रभावको कारण अन्य वडामा गएर भोट माग्ने र प्रतिबद्धता जनाउने काममा उनी अग्रसर बनिन्। उनको अठोटले सबै नगरवासीको माया पाइन्। र, उपमेयरमा निर्वाचित भइन्।

मिराले उपमेयर भएसँगै गाउँ गाउँमा गएर महिला तथा आदिवासीहरुको क्षमता विकास तथा सम्राग नगर विकासमा आफूले काम गर्ने योजना बनाएको बताइन्। उनले आफूजस्तै अन्य महिलाहरुको लागि स्थानीय समूह संस्था, वडा नागरिक मञ्च, सचेतना केन्द्रजस्ता समूहमा बसेर क्षमता विकास गर्न आग्रह गरेकी छन्।
मणि प्रसाद गैह्रे/कपिलवस्तु

Leave a Reply

Your email address will not be published.