अरुण आर्यन चौधरीले कैद गरे ‘छातीको दिल’

अष्ट्रेलियामा फोटोग्राफी गर्दै आएका अरुण आर्यन चौधरीको डेब्यु म्युजिक भिडियो सार्वजनिक भएको छ। किरण भण्डारीको ‘छातीको दिल’ बोलको गीतमार्फत् उनले भिडियोग्राफीमा डेब्यु गरेका हुन्।

अष्ट्रेलियामै सुटिङ भएको गीतमा समि श्रेष्ट र सपना खत्रीले अभिनय गरेका छन्। उनीहरुको अभिनयलाई चौधरीले आकर्षक ढंगले भिडियोमा प्रस्तुत गरेका छन्। भिडियोमा उनलाई सुवोध तम्राकारले सहयोग गरेका छन्।

किरण भण्डारीकै शब्द संगीत रहेको उक्त गीतको निर्देशन भने थन्डरस्ट्रोमले गरेको हो।

Leave a Reply

Your email address will not be published.