भौँरा फिल्मको गीतले युट्युबमा रेकर्ड बनाउँदै

थारु गीतहरुको म्युजिक भिडियो बिरलै बन्ने गर्थ्यो। तर अहिले यसमा क्रमिक सुधार आउँदै गरेको छ। गीत रेकर्डिङ गर्नेले म्युजिक भिडियो बनाउने ट्रेन्ड पनि फस्टाएको छ। तर युट्युबमा ती गीतहरुले राम्रो भ्युअर्स पाउन सकेको छैन। प्रवर्द्धनको कमीले पनि ती गीतहरुले राम्रो भ्युअर्स पाउन नसकेको हो।

तर हालसालै सार्वजनिक भएको थारु फिल्म भौंराको एउटा गीतले एक लाख बढी म्युअर्स पाएको छ। चम्पन साँस्कृतिक समूहले निर्माण गरेको फिल्मको टीकापुर बजार शीर्ष गीतले महिना दिनमै एक लाख बढी भ्युअर्स पाएको हो।

नन्दुराज चौधरी निर्माता रहेको फिल्मको यो गीत फिरोज चौधरीले लेखेका हुन्। रामकुमार कठरियाले संगीत भरेको गीतमा समीक्षा चौधरी र रामकुमार कठरियाकै स्वर सुन्न सकिन्छ।

फिल्ममा कृष्ण चौधरी, नन्दुराज चौधरी, सोनु थारु, फिरोज चौधरी, अन्जु चौधरीलगायतको अभिनय रहेको छ।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.