यी हुन् कृष्णनगरकी उपमेयर विजेता रमिताकुमारी राना थारु

कन्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमालेले बिजय हासिलल गरेको छ । कृष्णपुरको मेयरमा एमालेका कर्णबहादुर हमाल ६ हजार ७०६ मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराम चौधरीले ५ हजार ७५४ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेकै रमिताकुमारी राना थारुले ७ हजार १८ मत प्राप्त गरी बिजयी भएकी छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुवनेश्वरी चौधरी ५ हजार ९२८ मत प्राप्त गरेकी छन् ।

कन्चनपुरमा योसँगै एमालेले तीन स्थानीय तह जितेको छ । कांग्रेसले अहिलेसम्म दुई स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले एक स्थानीय तह जितेको छ ।

Leave a Reply

Your email address will not be published.