कञ्चनपुरको पहिलो सदमुकाम बेलौरीमा पोतिलाल चौधरी विजयी

अबिनास चौधरी
कञ्चनपुरको पहिलो सरदमुकाम बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। बुधबार राति सम्पन्न मतगणनाअनुसार बेलौरी नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका छन्। चौधरीले आफ्ना निकटम प्रतिद्वन्दी एमालेका पल्लवराज भट्टलाई ३५७ मतको अन्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन्। चौधरीले ६ हजार ७६४ र भट्टले ६ हजार ४०७ मत ल्याएका थिए। उप मेयरमा भने एमालेका चित्रा चौधरी विजयी भएका छन्।

चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका राधा कडेँललाई ६२७ मतको मतको अन्तरले हराउँदै उपप्रमुखमा निर्वाचित भएका हुन्।  चौधरीले ६ हजार ७४८ र कडेँलले ६ हजार १६१ मत ल्याएका थिए। कांग्रेसका मेयरका उम्मेद्वार हरेन्द्र विष्टले ५ हजार ४१२ र कांग्रेसकै उप मेयरका उम्मेदवार खिना भण्डारीले ५ हजार ६२७ मत ल्याएका थिए।

बेलौरी १० को वडाध्यक्षमा पनि माओवादी केन्द्रको हरिलाल चौधरीको प्यानलै विजयी भएका छन्। उनले आफ्ना निकटमत प्रतिद्वन्दी एमालेका गणेश चौधरीलाई ३०८ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भए। माओवादी केन्द्रका चौधरीले एक हजार ३०७ र एमालेका चौधरीले ९९९ मत ल्याएका थिए।

पञ्चायत कालमा कैलाली र कञ्चनपुरको सदरमुका बेलौरीको सामरिक महत्व छ। विस २०२६ सालमा कञ्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सारिएको हो। बेलौरीमा तीन ठूला पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। अन्ततः नेकपा माओवादीका उम्मेदवार चौधरीले विजयी हासिल गरेका हुन्। १ देखि ९ नम्बर वडामा रोमाञ्चल प्रतिस्पर्धा भएको थियो।

बेलौरीको १० नम्बर वडाले चौधरीलाई विजयी गराएको छ। बेलौरीमा कूल २९ हजार ३७७ मतदाता मध्ये २३ हजार १२४ मत खसेका थिए। बेलौरीमा ४ माओवादी केन्द्र, ४ एमाले र १ कांग्रेसले जितेका छन्। १, ५, ६ र १० माओवादी केन्द्र र २, ४, ८ र ९ एमाले र ३नेपाली कांग्रेसले जितेको छ।

Leave a Reply

Your email address will not be published.