कैलाली, कपिलवस्तु र सप्तरीबाट राजपाका थारु नेताहरु पक्राउ

चुनावलाई सक्रिय बहिस्कारको गरेको राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले आइतवारको उम्मेदवारी मनोनयन विथोल्ने उदेश्यले गरको बन्दका क्रममा बिभिन्नबाट पक्राउ परेका छन्। राजपा आफैँले आइतवार बिज्ञप्ति जारी गरी विभिन्न जिल्लाहरुबाट ४ सय ५८ जना पक्राउ गरिएको जनाएको छ।

जसमा कैलालीको धनगढीमा सरिता चौधरी र फोनीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलबस्तु विजयनगर गांउपालिकाबाट रामप्रकाश चौधरी, बालजी चौधरी, सूर्यप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै कपिलबस्तुकै कृष्णानगरमा इन्द्र बहादुर चौधरी, रामनरेश चौधरी ररामराज चौधरीलाई पक्राउ गरेको छ।

त्यस्तै सप्तरीको कठौनाबाट ननु चौधरी पक्राउ परे।

Leave a Reply

Your email address will not be published.