गच्छदार पार्टीले टुंग्यायो कैलालीको उम्मेदवार, टीकपुरको मेयरमा लौटन चौधरी

राम दहित/कैलाली।

नेपाल लोकतान्त्रिक फोरमले कैलालीमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीका सअअध्यक्ष भानुराम चौधरीलगायत नेताहरुले कैलालीको १३ तहमध्ये ११ वटामा उम्मेदवारको टुंगो लगाएको हो। असार १४ गते हुने चुनावको लागि पार्टीले धनगढी उपमहानगरपालिकाको मेयरमा प्रेम विसी र उपमेयरमा दुर्गा कुस्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

त्यस्तै टिकापुर नगरपालिकाको मेयरमा लौटन चौधरी र उपमेयरमे सुदेशनी चौधरी, लम्की चुहा नगरपालिकाको मेयरमा अरुण कुमार चौधरी र उममेयरमा धनदेवी चौधरी, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी र उपमेयरमा धनवासी चौधरी छन्।

त्यस्तै घोडाघोडी नगरपालिकाको मेयरमा चन्द्रकुमार चौधरी, उपमेयरमा चैतीदेवी विश्वकर्मा, गौरीगंगा नगरपालिकाको मेयरमा खुशीराम चौधरी, उपमेयरमा शारदा चौधरी र गोदावरी नगरपालिकाको मेयरमा शारदा केसी र उपमेयरमा मणिराम चौधरी रहेको सहअध्यक्ष चौधरीले जानकारी दिए।

त्यस्तै कैलारी गाउँपालिकाको अध्यक्षमा कलेसु चौधरी र उपाध्यक्षमा गीतादेवी चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा विरुप्रसाद चौधरी र उपाध्यक्षमा किरण चौधरी, बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा विरबहादुर डगौंरा थारु र उपाध्यक्षमा कुष्णकुमारी चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा प्रदीकुमार चौधरी र उपाध्यक्षमा उमा महतो छन्।
बाँकी दुई स्थानीय तहमा आफ्नो पार्टीको संगठन विस्तार हुन नसकेको भन्दै उम्मेदवारी दर्ता नगराउने उनले जानकारी दिए।

धनगढ उपमहानगरपालिकाका मेयर उम्मेदवार प्रेम विसीले आफू विजय भएपछि विकासको काम गाउँबाट सुरु गर्ने बताए। धनगढीमा १९ वडा रहेको बताउँदै उनले सबै वडाबासीकहाँ पुग्ने पिच बाटो निर्माण गर्ने बताए। उनले धनगढी उपमहानगरपालिकाको आर्थिक विकासको लागि आफू लागिपर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published.