एसइईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज बिहान सार्वजनिक गरेको छ । अक्षराङ्कन पद्धतिमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ग्रेड पोइन्ट एभरेज (जिपिए) ३.६५ देखि ४ सम्म नतिजा हासिल गर्ने विद्यार्थी चार हजार २८४ रहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए ।

त्यस्तै जिपिए ३.२५ देखि ३.६० सम्मका ४२ हजार ४२७, २.८५ देखि ३.०२ सम्म ५० हजार ६४६, २.४५ देखि २.८० सम्म ६१ हजार ९५५ २.५ देखि २.४० सम्म ९१ हजार ३१४, १.६५ देखि २.०० सम्म एक लाख आठ हजार ४६४ विद्यार्थीले नतिजा ल्याएका छन् । त्यसैगरी १.२५ देखि १.६० सम्म ६४ हजार ५७७ विद्यार्थीले नतिजा प्राप्त गरेका छन् ।

गत चैतको पहिलो साता भएको परीक्षामा परीक्षामा देशभरबाट नियमित र आंशिकतर्फ चार लाख ८३ हजार ९६७ ले आवेदन दिएकामा चार लाख ६३ हजार १६६ ले परीक्षा दिएका थिए । परीक्षाफलका सम्बधमा परीक्षा बोर्डले पत्रकार सम्मेलन गरी विगतको तुलनामा नतिजामा सुधार आएको जनाएको छ ।

यसरी हेर्नुहोस् रिजल्ट

एसइइको परीक्षाफल नेपाल टेलिकमको नेटवर्कबाट थाहा पाउन सकिनेछ। साधारण टेलिफोन लाइन, जिएसएम पोष्टपेड, प्रिपेड तथा सिडिएमए फोनबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिने टेलिकमले जनाएको छ।

टेलिकमले एसएमएसमार्फत् पनि परीक्षाफल हेर्ने व्यवस्था गरेको छ। जिएसएम तथा सिडिएमए मोबाइल प्रयोगकर्ताले मेसेज बक्समा गएर see<space>symol number र अल्फावेट वा see<space>symbol number टाइप गरी १६०० मा एसएमस पठाउन सकिनेछ।

मार्कसिटसहितको नतिजा see.ntc.net.np मा उपलब्ध हुनेछ।

शिक्षा मन्त्रालयको वेबसाइट एमओइ डट जिओभी डट एनपी, शिक्षा विभागको वेबसाइट डिओइ डट जिओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेबसाइट एसओसिइ डट जिओभी डट एनपीबाट पनि परीक्षाफल हेर्न सकिनेछ।

यो वर्षको एसइइ रिजल्ट विस्तृतमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published.