मुक्त कमैयाको पुनःस्थापना आफ्नै कार्यकालमा पूरा गर्छु : भूमीसुधार मन्त्री दहित

लखन चौधरी/धनगढी।

भूमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले आफ्नै कार्यकालमा मुक्त कमैया पुनःस्थापनाको सबै काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले मुक्त कमैया पुनस्थापना समस्या पश्चिम नेपालको एक प्रमुख समस्या रहेको बताउँदै आफ्नै कार्यकालमा समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्। मुक्त हलिया, मुक्तकमलरी, हरुवा, चरुवालगायत समस्या पनि समाधान गर्ने उनले आश्वासन दिए।

मुक्त कमैया समस्या समाधान आयोगको अनुसार तराईको पाँच जिल्लास्थित २८ हजार मुक्तकमैया मध्ये अझै करिब एक हजार पाँच सय मुक्त कमैयाहरुको पुनस्थापना गर्न बाँकी छ। करिब सयौंको संख्यामा मुक्त कमलरीहरुको उद्धारसमेत गर्न बाँकी रहेको जनाइएको छ।

त्यस्तै मन्त्री दहितले भूमी व्यवस्थापन तथा भूमीमाथिको दोहोरो स्वामित्वको अन्त्य गर्नु पनि आफ्नो प्रमुख कार्यभार रहेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published.