भालुवाङलाई व्यवस्थित गरी लालपुर्जा वितरण गर्न संसद चौधरीको माग

नयाँ शक्ति पार्टी नेपालकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित भालुवाङ बजारलाई व्यवस्थित बनाउन माग गरेकी छन् । संसदको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले भालुवाङ बजारलाई व्यवस्थित बनाउनु पर्ने समय आएको बताइन् ।

‘दाङ र प्यूथान प्रवेश गर्ने नाका भालुवाङ बजारमा अहिले जंगल छैन । जंगलमा ठूलो बजार बसेको छ’, उनले भनिन्, ‘भालुवाङ बजार अनियन्त्रित भएको छ । कि त्यसलाई व्यवस्थति बनाएर स्थानीयलाई लालपुर्जा वितरण गरियोस् ।’

थारु समुदायलाई साढे दुई सय वर्षदेखि विभेदमा राखेको भन्दै सांसद चौधरीले थारुहरूको उत्थानका लागि विशेष ध्यान दिइनुपर्ने माग गरिन् ।

Leave a Reply

Your email address will not be published.