थारु साहित्यिक मेलाको तयारी पूरा

प्रेम दहित/धनगढी।
कैलालीको धनगढी उपमहानगरपालिका–७ पटेलामा चैत १९ र २० गते हुने थारु साहित्यिक राष्ट्रिय मेलाको तयारी पुरा भएको स्थानीय आयोजक जनाएको छ। बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आययोजना गरि तयारी पूरा भएको जनाएको हो।
थारु भाषा, साहित्यको संरक्षण र सम्बर्द्धन गर्नाको लागि मेला आयोजना गरेको थारु लेखक संघका सदस्य दिलबहादुर चौधरीले बताए। थारु साहित्यिक राष्ट्रिय मेलामा नेपालको पश्चिम कञ्चनपुरदेखी पूर्व नवलपरासीसम्मको थारुहरुको सहभागी रहने र अतिथिहरुको खाने बस्ने व्यवस्था लगायत सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

दुई दिने कार्यक्रमअर्न्तगत चैत १९ गते सखिया नाँच प्रस्तुत, उद्घाोटन सत्र, पोस्टा विमोचन, सम्मान, थारू लोकसाहित्यबारे छलफल, थारु पत्रपत्रिका, पत्रकारिताको चुनौती, थारु साहित्यमा महिला लेखन, साहित्य किन आवश्यक सम्बाद कार्यक्रम र मदन पुरस्कार बिजेता रामलाल जोशीसँग अन्तरसम्बादको कार्यक्रम छ।

त्यसैगरी चैत २० गते थारु मानक भाषा, लेख्ने र बोल्ने तरीका, मनिराम चौधरीबाट लोकगीत प्रस्तुत, मातृ भाषामा शिक्षा किन सामूहिक छलफल, कदर पत्रप्रदान, घोषणा पत्रजारी गरि दुई दिने कार्यक्रमको समापन हुने बताइएको छ। थारु भाषा, साहित्यको संरक्षण र सम्बर्द्धनमा संचारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएकोले पटेलामा हुन गइरहेको साहित्य मेलामा पनि उपस्थितको लागि थारु लेखक संघले आग्रह गरेको छ।

थारु साहित्यिक राष्ट्रिय मेला कैलालीमा पहिलोपटक हो भने यसअघि यो कार्यक्रम २०७३ बैशाख ३, ४ गते दाङको घोराहीमा भइसकेको छ।

Leave a Reply

Your email address will not be published.