चिरै भजहरको तयारी पूरा, २१ गते भब्य मनाइँदै

प्रेम दहित/धनगढी।

थारु समुदायका महिला चैत २१ गते धनगढीमा चिरै भजहर मनाउने तयारीमा जुटेका छन। सखी सञ्जाल कैलालीद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चिरै भजहरलाई थारु समुदायमा महिला स्तन्त्रताको दिनको रुपमा लिँदै यो पर्व मनाउन लागेको जनाएको छ।

थारु समुदायको कला संस्कृतिको संरक्षण गर्दै महिला स्वतन्त्रता लागि यो पर्व मनाउन लागेको सञ्जालका अध्यक्ष इन्दु थारुले बताइन्। अविवाहित महिला (छोरी) घरबाट केही टाढा रहेको बगियामा गएर दिनभर पौराणिक खेल (छुर, कोइली दिदी, कौरी नुकावर) खेल्ने र नाँचगान गर्दै रमाइलो गरि मनाउने गर्छन्।

त्यसदिन परिवारका सदस्य भने मिठा–मिठा परिकार बनाई छोरीहरुलाई पुर्‍याई खुवाउने चलन रहेको सञ्जालका अध्यक्ष थारुले बताइन। यो दिन महिलालाई स्वतन्त्रता दिएको हुन्छ। त्यसैगरी यस पर्वमा दिदीबहिनी बाटो छेक्ने र बटुवाले आफ्नो स्वइच्छा दान गर्ने चलन छ।

कार्यक्रमलाई भव्य बनाउनको लागि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रमुख अतिथि र महिला विकास कार्यालयका प्रमुख पूजा काफ्लेलाई विशिष्ट अतिथि बनाई कार्यक्रम गर्न लागेको सखी सञ्जाल कैलालीले जनाएको छ। चिरै भजहर चैत महिनाको शुक्ला पक्षको सोमबार वा शुक्रबार मनाउने गरिन्छ। दिनभरिको कार्यक्रमपछि साँझ पख नघान काटी सामूहिकरुपमा त्यसलाई टेकेर घर आउने चलन छ।

Leave a Reply

Your email address will not be published.