थरुहट तराई पार्टी नेपालको महाधिवेशन दोस्रोपटक स्थगित

थरुहट तराई पार्टी नेपालको कैलालीमा हुने भनिएको महाधिवेशन स्थगित भएको छ। चैत २३, २४ र २५ गते घोषित महाधिवेशन विशेष कारणले स्थगित भएको महासचिव मिनराज चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। थरुहटले यो दोस्रोपटक महाधिवेशन स्थगित गरेको हो।

‘थरुहट तराई पार्टी नेपालको केन्द्रीय सचिवालयको मिति २०७३ फागुन २३ गते बर्दियाको जोतपुरमा बसेको बैठकको निर्णयअनुसार प्रथम राष्ट्रिय महाधिवेशन यही २०७३ चैत्र २३, २४ र २५ गतेका दिन थरुहट तराईको ऐतिहासिक नगरी कैलाली जिल्लाको धनगढीमा हुने भनिएकोमा नेपालको वर्तमान राजनीतिक अवस्था र परिस्थितिलाई मध्यनजर गर्दै हाललाई सो राष्ट्रिय महाधिवेशन स्थगित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

स्थगित गरिको महाधिवेशनको तिथि मितिको टुंगो अब हुन गइरहेको पार्टीको केन्द्रीय बैठकले निर्णय गर्ने विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published.