मोटरसाइकलको ठक्करबाट मोरङमा रामविलास चौधरीको मृत्यु

मोरङमा मोटरसाइकलको ठक्करबाट गएराति कोसी हरैचा– ४ बस्ने रामविलास चौधरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरदुलारी– ६ मा गएराति १० बजे उनलाई को ५ प ८१३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।घाइते चौधरीको धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा उपचारको क्रममा राति मृत्यु भएको गछिया प्रहरी चौकीलाई उद्धुत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

त्यस्तै ट्रान्सफर्मरमा मर्मत गर्ने क्रममा करेन्ट लागेर गए राति बर्दियाको पश्चिम पाताभार–२ गणेशपुरका ३१ वर्षीय रामबहादुर चौधरीको निधन भएको छ। ट्रान्सफर्मरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएपछि उचारका लागि राजापुर अस्पताल लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए। चौधरी नेपाल विद्युत् प्राधिकरणका कर्मचारी भएको बताइएको छ। रासस

 

Leave a Reply

Your email address will not be published.