प्रधानमन्त्री पुत्रसँग इटालियन राइफल

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकिय सचिव समेत रहेका छोरा प्रकाश दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेरै २२ बोरको राइफल राखेको बताएका छन्। प्रधानमन्त्री पुत्रले व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनबाट अनुमति लिएर हतियार राखेको स्वीकारेका छन्।
हो मैले बाइस बोर लिएको कुरा साँचो हो’, उनले भनेका छन्। गृह मन्त्रालयको सिफारिशमा प्रधानमन्त्री पुत्रले २२ बोरको बन्दूक र २ सय गोली राख्ने अनुमति लिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकिय सचिवसमेत रहेका प्रकाश सधैँ विशिष्ट सुरक्षाघेरामा रहने गर्छन्।

अाफूले किनेको २२ बोरको बन्दूक एक लाख ५० हजार रुपैयाँ मूल्यको भएको उनले दाबी गरेका छन्। ‘मैले लिएको बाइस बोर १५ लाखको होइन, एक लाख पचास हजार बराबरको हो। यसबारे गरिएका गलत प्रचारबाट मुक्त हुन म सम्पुर्ण शुभचिन्तकहरुमा आग्रह गर्दछु’, शुक्रबार फेसबुक पेजमार्फत् उनले भनेका छन्।

निश्चित कानुनी प्रक्रिया पुरा गरी हतियार राख्न पाउने अधिकार सबैको भएको भन्दै उनले त्यही कानुनी प्रक्रिया पुरा गरेर आफूले बाइस बोर लिएको बताएका छन्। ‘नेपालको कानुन अनुसार प्रक्रियासंगत रुपमा हतियार राखेको कुरालाई अतिरन्जित गर्न आवश्यक छैन’, उनले भनेका छन्।

प्रधानमन्त्री पुत्रले सयौंको संख्यामा बरिष्ठ पत्रकारले पनि कानुनअनुसार हतियार राखेको दाबी गरेका छन्। आफूले हतियार राखेको विषयलाई सञ्चार माध्यमले अतिरञ्जित गरेको आरोप उनले लगाएका छन्।

साकार दाहालको नाममा काठमाडौं जिल्ला प्रशासन कार्यालयले हतियार राख्ने अनुमति दिएको थियो। साकार प्रकाश दाहालको नागरिकतामा भएको नाम हो। डेढ वर्षअघि दिएको निवेदनमा सुनुवाई गर्दै फागुन २६ गते जिल्ला प्रशासनले उनलाई राइफल राख्ने अनुमति दिएको थियो।

दाहालले गत पुषमा आफूलाई सुरक्षा खतरा रहेको भन्दै प्रशासनमा हतियारका लागि निवेदन दिएका थिए।

Leave a Reply

Your email address will not be published.