राजापुरमा बर्दियाली थारु विकास मञ्चको शाखा विस्तार

बर्दियाली थारु विकास मञ्च काठमाडौं नेपालको राजापुर बर्दियामा शाखा बिस्तार भएको छ। राजापुरमा भएको पहिलो भेलाले रमेश चौधरीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ।

त्यस्तै उपाध्यक्षमा रुपेश दहित, पुर्णिमा चौधरी र रेसमलाल चौधरी छन्। महासचिवमा युराज चौधरी, सचिवमा विजय चौधरी, सहसचिवमा माया चौधरी र कोषध्यक्षमा फूलमाया चौधरी छन्।

त्यस्तै सदस्यमा आकृति चौधरी, करिस्मा चौधरी, गौरी चौधरी, बिना चौधरी, जयन्ती चौधरी, पार्वती चौधरी, ननकुमारी चौधरी, सर्मिला चौधरी, रित्तिका चौधरी, बिनोद चौधरी, अरबिन चौधरी, लक्ष्मण चौधरी सर्वसमत निर्वाचित भएका छन्।

थरुहट तराई पार्टी नेपालका केन्द्रीय महासचिव मीनराज थारुको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा बर्दियाली थारु विकास मञ्च काठमाडौं नेपालका केन्द्रीय अध्यक्ष सीताराम थारुको पनि सहभागिता थियो। अध्यक्ष थारुले अब बर्दियाको सबै क्षेत्रमा संस्थाको शाखा विस्तार गर्ने बताए।

Leave a Reply

Your email address will not be published.