एसियन आदिवासीको मुद्दालाई सशक्तरुपले उठाउनुपर्ने उपाध्यक्ष चौधरीको जोड

संयुक्त राष्ट्रसंघ आदिवासी स्थायी मञ्चका उपाध्यक्ष फूलमान चौधरीले एसियाका आदिवासीहरुको मुद्दालाई सशक्तरुपले उठान गर्नुपर्ने बताएका छन्। एसिया इन्डिजिनियस पिपल्स प्याक्टको आयोजनामा थाइल्यान्डमा भएको बैठकमा उनले एसियन राष्ट्रहरुले संयुक्त राष्ट्रसंघसँग गरेको सन्धि सम्झौता, विश्वब्यापी मानवअधिकार अध्यावधि समीक्षालाई न्युयोर्क र स्विट्जरल्यान्डमा आयोजना हुने सम्मेलनमा विशेष प्राथमिकता दिनुपर्ने बताए।

आदिवासीको सबालमा आउँदो अप्रिलमा राष्ट्र संघको मुख्यालय न्युयोर्कमा सम्मलेन आयोजना हुँदैछ। त्यस्तै जुलाइमा स्विटजरल्यान्डमा संयुक्त राष्ट्र संघ, मानव अधिकार उच्च आयुक्त कार्यालयमा विज्ञहरुको संयन्त्रको सम्मलेन आयोजना हुँदैछ। यी दुबै सम्मेलमा एसियाका आदिवासीहरुको मुख्य मुद्दा उठाउन गर्नुपर्ने उपाध्यक्ष चौधरीको जोड दियो।

बैठकममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतराम बराम र आदिवासी जनजाति महिला युवा संघका अध्यक्ष रिसा श्रेष्ठको पनि सहभागिता थियो।

कार्यक्रममा एसियाका ४४ जना अगुवाहरुको सहभागिता थियो। जसमा भारत, म्यानमार, फिलिपिन्स, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, लाओस्, थाइल्यान्ड, भियतनाम, ताइवान, जापान, अमेरिका र डेनर्माकका प्रतिनिधिहरुको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published.