थारु महिलालाई सांसद रुक्मिणीको सुझाव- ‘सिरियलमात्र नहेर्नुस्, ‘

१९ वर्षअघि बिहे गरेर चितवनबाट दाङ गएकी सांसद रूक्मिणी चाैधरीले अाफू माइती गाउँ अाउँदा पहाडी समुदाय बसाेबास गरेकाे बाटाे पीचैपीच भएकाे तर थारूहरू बसाेबास गरेकाे बाटाे धुलैधुलाे भएकाेमा दु:ख व्यक्त गरेकी छन्। उनले यसकाे कारण अरूलाई नदिई अाफ्नै समुदायलाई दिएकी छन्।

उनले नगरपालिकामा कराेडाैं बजेट अाउँदा पनि खाेजीनीति नगर्ने थारू युवा, महिलालगायत सबै अादिवासी जनजातिलाई संगठित भई अधिकार खाेज्न अाग्रह गरेकी छन्। नारी दिवसकाे दिनमा सम्पूर्ण महिला दिदीबहिनीहरूलाई धेरै सिरियल नहेरी समाचारमूलक कार्यक्रमहरू हेरेर अाफ्ना चेतना अभिवृद्धि गरी अधिकारका लागि एकत्रित भई अगाडि बढ्नुपर्ने बताइन्।

साँस्कृतिक कार्यक्रममात्रै हाेइन अधिकारका लागि सचेत हुन सांसद रूक्मिणीले आग्रह गरिन्। चितवनकाे मेघाैली पर्साढाबमा थारू शैक्षिक विकास समाज र थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. २, ३, ४ काे संयुक्त अायाेजनामा फगुवा नाच गीत तथा विविध साँस्कृतिक कार्यक्रममा सांसद चाैधरीले उक्त कुरा बताएकी हुन्।

थारू शैक्षिक विकास समाज चितवनका अध्यक्ष सूर्यनारायण चाैधरीकाे सभाध्यक्षतामा भैरहेकाे कार्यक्रममा संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) की अध्यक्षसमेत रहेकी रूक्मिणी चाैधरी प्रमुख अातिथि थिइन्। कार्यक्रममा पूर्व राज्यमन्त्री गाेविन्द चाैधरीले स्थानीय चुनाव नश्लवादी शासकहरूले अाफ्नाे शासन बलियाे बनाउनका लागि मात्र गर्न गैरहेकाेले त्यसमा भाग नलिने चेताबनी दिए।

कार्यक्रममा थारू कल्याणकारिणी सभा चितवनका जिल्ला अध्यक्ष विश्राम महताेले थारू समुदायका पचासाैं जना हाेनहार युवाहरूलाई झुटा मुद्दा लगाएर थुनामा राखेकााले दु:ख व्यक्त गर्दै रिहाइकाे माग गरे। कार्यक्रममा १० वटा थारू साँस्कृतिक टाेलीहरूले नाचगान प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published.