स्वरोजगार लघुवित बैंकद्वारा एक करोड ७७ लाख बढी लगानी

नागेन्द्र चौधरी/बारा।

स्वरोजगार लघुवित विकास बैंक लिमिटेड लक्ष्मिनीया केन्द्रको प्रथम भेला अाज सम्पन्न भएको छ। छ महिना अगाडिमात्र स्थापना भएको केन्द्रले हालसम्म एक करोड ७७ लाख १८ हजार पाँच सय ८८ रूपैया लगानी गरेका छन्। केन्द्रले सात सय ७२ जनालाई सदस्य बनाइसकेको छ। केन्द्रले चार सय ९४ जनालाई ऋण लगानी गरेको छ। त्यसैगरी केन्द्रमा रहेका सदस्यहरूले हालसम्म १५ लाख ६२ हजार ९ सय ७४ रूपैया बचत गरेका छन्।

केन्द्रले स्थापना गरेका शाखाहरूलाई मूल्यांकन नतिजासमेत सार्वजनिक गरेको छ। क्रमशः प्रथमदेखि दससम्म लक्ष्मिनीया, विर्ता रमपूर्वा, सितलपुर, लक्ष्मिनीया-२ बिजयपुर, बिजयपुर, गमहरीया टोल, फतुहा, राङ्गी, दुधिअवा, बैरगीनियालगायतका छन्।

सो अवसरमा कार्यक्रमको सभापति रहेका अनुगमन अधिकृत मधु सुदन पन्तले केन्द्रले गरेका कार्यहरूको बारेमा जानकारी दिए। केन्द्रले श्रीमान मृत्यु भएबापत पाँच हजार सहयोग गरेका बारे कार्यक्रमका सभापति पन्तले जानकारी दिए।

कार्यक्रममा सरोज प्रसाद रिमाल, प्रसाशकिय अधिकृत राम रोक्का, राम प्रकाश साह, सरोज पौडेल, शाखा प्रबन्ध चनदन जैसवाल लगायतको विशेष सहभागीता थियो। कार्यक्रमको प्रमुख अतिथि स्वरोजगार लघुवित विकास बैंक लिमिटेडका वरिष्ठ प्रबन्धक मनोज कृष्ण उप्रेती थिए।

Leave a Reply

Your email address will not be published.