‘नौरंगी लेहेँगा’मा नरेन्द्र चौधरी र आरोशी मगरको क्यामेस्ट्री

चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ।

नौरंगी लेहेँगा बोलको गीतमा मनिषा राईले स्वर दिएकी छन्। आफ्नै शब्द रहेको गीतमा संगीत मोहन दहितले नै गरेका छन्। यसअघि ल्याएको ‘तु अइलो मोर जिन्गिम’ले राम्रो भ्युअर्स पायो।हेरेर/सुनेर सबैलाई प्रतिक्रिया दिनुहुन अनुरोध छ,’ उनले भने।

दहितले यसअघि पिरतीके धुनको लेहेँगा मोर हो तुँहार नामक गीतबाट चर्चा बटुलेका थिए। दहितले इ मुटु करल ढुक्ढुक ,यिंहरी छोटी मोटी महुलिक रुखवाजस्ता चर्चित गीतमा स्वर दिइसकेका छन्।

म्युजिक भिडियोमा नरेन्द्र चौधरी र चर्चित मोडल आरोशी मगरले अभिनय गरेका छन्। भिडियोको कोरियोग्राफी र निर्देशन भिम अधिकारीले गरेका छन्। राजु केसीले खिचेको भिडियोमा सुमन शंकरले शृंगार गरेका छन्।

हेर्नुस् भिडियो:

Leave a Reply

Your email address will not be published.