पत्रकार महासंघको बाँके अध्यक्षमा ठाकुरसिंह थारु विजयी

नेपाल पत्रकार महासंघको बाँके अधिवेशनमा ठाकुरसिंह थारु भारी मतले अध्यक्षमा विजयी भएका छन्। कान्तिपुर दैनिकमा कार्यरत थारु प्रगतिशील संयुक्त प्यानलको सहयोगमा विजयी भएका हुन्।

बिहीबार सम्पन्न अधिवेशनबाट सुमित्रा चौधरी केन्द्रीय पार्सदमा निर्वाचित भइन्। त्यस्तै प्रदेश पार्सदमा विमला चौधरी, विश्वराज पछल्डंग्या, राधेश्याम थारु र जिल्ला सदस्यमा भगतराम थारु निर्वाचित भए।

Leave a Reply

Your email address will not be published.