थरुहट सुनिश्चित नभएसम्म संविधान संशोधनको सार्थकता छैन : डा. दहित

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. सांसद गोपाल दहितले पूर्वी थरुहट र पश्चिम थरुहट सुनिश्चित नभएसम्म संविधान संशोधनको सार्थकता नहुने बताएका छन्। पार्टीको दोस्रो उपत्यका अधिवेशनमा बोल्दै दहितले कैलाली कञ्चनपुरसहित चितनवसम्म एउटा र बारा, पर्सादेखि पूर्व झापासम्म अर्को थरुहट प्रदेश हुनुपर्ने माग राखे।

उनले थरुहट थारुवान आन्दोलनका बेला भएको टीकापुर घटनालगायतमा थरुहट आन्दोलनकारीमाथि लगाइएको झुटा मुद्दा खारेज गर्नुपर्ने र जेलमा परेकाहरुको निसर्त रिहाई हुनुपर्ने माग राखे।

उनले संविधानको भावना विपरीत स्थानीय निकायको पुनःसंरचना आयोगले स्वायत्त क्षेत्र संरक्षित क्षेत्रको कुनै प्रवधान नगरी प्रतिवेदन तयार पारेको आरोप लगाए। त्यसकारण ५१ प्रतिशत बढी जनसंख्य रहेको तराईमा सोही संख्यामा प्रतिनिधि चनिनुपर्ने उनको माग थियो।

उनले अहिलेको प्रतिवेदनअनुसार हिमाल पहाडमा तराईभन्दा धेरै ६० प्रतिशत बढी प्रतिनिधि चुनिने बताए। त्यसकारण बहुसंख्यक नेपालीको हितमा चुनाव हुनुपर्ने उनको माग थियो।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.