राजबन्दी परिवारलाई मलेसियाका थारुद्वारा आर्थिक सहयोग

रोजगारीको सिलसिलामा मलेसियामा रहेका थारु यूवाहरुले टीकापुर घटनाका राजबन्दी परिवारहरुलाई आर्थिक सहयोग गरेका छन्। मलेसियास्थित प्रवासी थारु सेवा समाजमा आवद्ध थारु यूवाहरुले पीडित परिवारका बालबालिकाहरुको पठनपाठनको लागि आर्थिक सहयोग गरेका हुन्।

प्रवासी थारु समाज मलेसियाको पहलमा ५० हजार रुपैया सहयोग भएको थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता ठाकुरप्रसाद करियाप्रधानले जानकारी दिए। उनले प्रतिपरिवार जनही दुई हजारका दरले सहयोग रकम हस्तान्तरण गरेको बताए।

टीकापुर घटना घटाएको अभियोगमा हालसम्म २५ जनालाई पुर्पक्षको लागि कैलाली कारागार धनगढीमा राखिएको छ। घरमुलीलाई नै कैद गरिएपछि कैदीबन्दी परिवारको विचल्ली भएको छ।

Leave a Reply

Your email address will not be published.