फोटो बिगारेर फेसबुकमा हाल्दैहुनुहुन्छ? दुई वर्ष जेल जान पर्ला

कसैलाई मधेसविरोधी त कसैलाई राष्ट्रघाती भन्दै शीर्षनेताकै तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेहरु कम छैनन् । यदि तपाई पनि त्यसो गर्नुहुन्छ भने अब होस गर्नुहोला, यसवापत तपाईले जेल जानुपर्ने हुन सक्छ । संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक विहीबार पास गरेको छ । जसमा तस्वीर विगारेर तथा अर्को तस्वीरसँग जोडेर विकृत बनाउनुलाई अपराध मानिएको छ ।

र, यो कसुरमा २ वर्षसम्म कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुबै सजायँ हुने व्यवस्था विधेयकमा छ । कानुन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था थिएन । तर, उपसमितिले यो प्रावधान थप गरेको हो । उपसमिति संयोजक कृष्णभक्त पोखरेलले अनलाइनखबरसँग भने, यसलाई हामी भोलि (शुक्रबार) अन्तिम रुप दिन्छौं ।’

पोखरेलका अनुसार नयाँ व्यवस्थालाई लिएर केही गुनासाहरु पनि आएका छन् । र, सम्भवतः भोलिको बैठकले जेल सजायँको अवधिका लागि केही घटाउन सक्नेछ ।

सांसद पोखरेलले भने, यो पहिलो प्रयास हो । तर, सोसल मिडिया मैत्री भएन भन्ने गुनासाहरु पनि आएकाले भोलि हामी २ वर्षे जेल सजायँलाई ५/६ महिनामा झार्नेबारे छलफल गर्छौं ।’

Leave a Reply

Your email address will not be published.