गंगा चौधरीको पार्टी नयाँ शक्तिसँग एकीकरण हुँदै

भानुराम नेतृत्वको थरुहट तराई पार्टी नेपालबाट अलग भएर थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेकी सांसद गंगा चौधरीले अन्ततः बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सम्माहित हुने भएको छ। त्यसका लागि सो पार्टीका अध्यक्षसमेत रहेका चौधरीले केन्द्रीय किमिटी बैठक बसी छलफल गरिरहेका छन्।
‘हामीले नयाँ शक्तिसँगै सहकार्य गर्छौं भनेका छैनौं। अन्य पार्टीसँग पनि कुरा भइरहेको छ। जुन पार्टीसँग विचार मिल्छ, त्यही पार्टीसँग मर्ज गरेर अगाडि बढ्छौं,’ उनले थारुवानसँग भनिन्, ‘त्यही छलफलका लागि केन्द्रीय कमिटीको बैठक बसिरहेका छौं।’

यता नयाँ शक्ति पार्टीका नेता परशुराम खापुङले नयाँ शक्ति पार्टी र थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) बीच एकीकरण हुने निश्चित भइसकको जानकारी दिए। ‘एकीकरण हुने निश्चित भएको छ, घोषणाचाहिँ सोमबार हुनसक्छ,’खापुङले भने। थरूहटसँग एकीकरण भएपछि नयाँ शक्तिको पनि संसद्मा प्रतिनिधित्व हुनेछ। संसद्मा थरुहट पार्टीको एक सिट छ।

Leave a Reply

Your email address will not be published.