तराईमा माघ २३ गते जनप्रदर्शन गरिने

संविधान संशोधन विधेयक परिर्माजनसहित पास गर्न दबाब दिन मधेसी मोर्चाले एक दिन जनप्रदर्शन गर्ने निर्णय गरेको छ । मोर्चाको शनिबार बसेको बैठकले सरकारलाई दबाव दिन माघ २३ गते तराई मधेसका जिल्लाहरुमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । सोही दिन साँझ कोणसभाहरु गरेर स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनको प्रति जलाउने निर्णय भएको रामसपाका महासचिव केशव झाले बताए ।

बैठकपछि तमलोपाका महामन्त्री जितेन्द्र सोनलले आफूहरुसँग भएको सहमति अनुसार आन्दोलनका क्रममा मोर्चाका कार्यकर्तामाथि लगाइएको झट्टा मुद्दा फिर्ता नलिएकाले दबाब दिन विरोध प्रर्दशन गर्न लागिएको बताए ।

मधेसी मोर्चाको बैठकले स्थानीय तह पुनसंरचन आयोगले मोर्चाको सहमति विपरीत स्थानिय तहको सीमा निर्धारण गरेर दिएको प्रतिवेदन मान्न नसक्ने ठहर गरेको छ । साथै आयोगको प्रतिवेदन खारेज गरेर आफूहरुको माग अनुसार स्थानीय तहको पुनर्संरचना गर्नुपर्ने समेत माग अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published.