तामाङ समुदायले मनाए सोनाम ल्होसार

नेपालका आदिबासी जनजाति तामाङ समुदायले २८५३औं सोनाम ल्होसार धुमधामका साथ मनाएका छन् । नयाँ वर्षको रुपमा मनाइने ल्होसार पर्व एकता र सद्भावको सन्देश दिन पनि सफल भएको छ । प्रत्येक बर्षको माधशुक्ल प्रतिपदाका दिन मनाइने ल्होसार तामाङ आदिवासीको ठूलो पर्वको रुपमा मनाउने गर्दछ । इष्ट मित्रसंगको भेटघाट, मान्यजनबाट टीका तथा आर्शीवाद लिने प्रचलन छ ।

तामाङहरुले ल्होसारलाई खेतीको समयको सुरुवात भएको दिनको रुपमा पनि मनाइने गर्दछ । नेपालको हिमाली, उच्च पहाडमा मनाइने यो पर्व बसाइसराइ लगायत सबै ठाउँमा छरिएका तामाङहरुले मनाउदै आएका छन् ।

विशेषगरी ल्हो भनेको वर्ष र छार भनेको नयाँ हो । यही शब्दलाई चलन चल्तीका भाषामा ल्होसार हुन गएको हो । ल्होछार चिनियाँ सभ्यताबाट सुरुवात भएको भए पनि नेपालमा मनाइने ल्होछार तामाङहरुको आफ्नै मौलिकतामा समेटिएको तामाङ बुद्धिजीविको भनाइ छ ।

ल्होसारमा नयाँ लुगा लगाउने तथा मिठो मसिनो खाने र चेलिबेटीहरुलाई बोलाएर नयाँ लुगा दिनुका साथै टीका लगाइदिएर दक्षिणा लगायतको उपहार दिने चलन छ । ल्होसारमा गहँुको पिठोबाट बनाइएको अलुम भाल्डो र खाप्से खाने चलन छ । अलुम विशेषत १२ थरीको जनावरहरुको आकारमा बाउने र पूजाआजा गरि प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ ।

यो पर्वमा घरमा भएको सबै जना जम्मा हुने र एकआपसमा दुःख सुख साटासाट गर्ने भएकाले एकआपासमा सहकार्य र एकताको सन्देश बोकेको पर्वको रुपमा तामाङ समुदायले लिने गरेको छ । यो वर्ष बादर म्हाँङ ल्हो बादर वर्षलाई विदाई गर्दै ज्या नामे ल्हो अर्थात चरा बर्षमा प्रबेश गरेको छ ।

Leave a Reply

Your email address will not be published.