पूर्वमन्त्रीद्वारा थारुलाई राष्ट्रपति बनाउने प्रतिबद्धता

कारी महतो/खैरहनी।

चौथो खिचरा महोत्सव आज बिहिबारबाट शुरु भएको छ । प्रमुख अतिथि रहनु भएका पूर्वमन्त्री एवम् चितवन क्षेत्र नं. १ बाट निर्वाचित सांसद सुरेन्द्र पाण्डे, विशिष्ट अतिथि राजकुमार लेखी र सभाध्यक्ष नारायण प्रसाद महतोले खिचरा (माघी) पर्वमा चितवनका थारु समुदायले खाने विशेष परिकार चिचरको पोका उघारेर महोत्सवको उदघाटन गर्नुभयो । मन्तव्यको क्रममा प्रमुख अतिथिले खिचरा पर्वमा खाइने चिचर (स्टिकी राइस) जसरी एकअर्कामा टाँसिएर रहेका हुन्छन् त्यसरी नै एकअर्कालाई बाँधेर राख्ने पर्व नै खिचरा पर्व हो भनी ब्याख्या गरे।

उनले घुङी लगायतका थारु फुडलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए। खिचरा महोत्सवका आयोजक समितिले संग्रहलाय बनाउने अवधारणा ल्याएको प्रस्तावप्रति समर्थन जनाउँदै भने, ‘जग्गा खोज्नुस् बजेटको व्यवस्था म मिलाउँछु।’ तुलनात्मक रुपमा थारु समुदायले उठाएको राजनीतिक माग राज्यले पूरा गर्नुपर्ने भए पनि तुलनात्मक रुपमा पुरा गर्न नसकिएको स्वीकार गरे। उनले आगामी दिनमा अब थारुलाई राष्ट्रपति बनाउने प्रतिबद्धता जनाए।

विशिष्ट अतिथि रहेका नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवम् थाकस केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले महोत्सवको अवसरमा खुसि भए पनि नेपालका १८ लाख थारु दुखी भएको बताए। दुई सय थारुमाथि झुटा मुद्दा लगाइएकोले र त्यो अझै पनि खारेज हुन नसकेकाले सत्तापक्ष र प्रमुख प्रतिपक्ष गैरजिम्मेवार रहेको आरोप लगाए। सत्तापक्ष र प्रमुख प्रतिपक्षले आफ्नै घोषणा पत्रमा उल्लेख गरिएका बुँदाहरु लत्याउने काम गरेको बताए।

lvr/f dxf]T;j
lrtjgsf] v}/xgLdf laxLaf/b]lv ;”? ePsf] lvr/f dxf]T;jdf g[To k|:t’t ub{} yf? o’jtLx? . tl:a/ M gf/fo0f 9’+ufgf, /Tggu/ -lrtjg_, /f;;
महोत्सवको उदघाटन सत्रमा थारु समुदायको लोपोन्मुख संस्कृतिलाई व्यावसायिक तरिकाले संरक्षण, सम्बद्र्धन र प्रर्द्धन गर्नका लागि पुर्याएको योगदानको कदर गर्दै न्यु सौराहा थारु कल्चर हाउस सौराहा, थारु साँस्कृतिक संग्रहालय बछौली चितवन र चम्पन साँस्कृतिक समूह काठमाडौंलाई सम्मान गरिएको छ।

उदघाटन समारोहमा नेपाली कांग्रेसका जिल्ला प्रतिनिधि राजु सिल्वाल, नेकपा माओवादीका जिल्ला प्रतिनिधि जगन्नाथ आचार्य, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष जोखा चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का जिल्ला संयोजक ललित कुमार चौधरी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर विसुराल, खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत गंगा बहादुर भुजेल, थाकस चितवनका जिल्ला सभापति विश्राम महतो, पूर्व केन्द्रीय सदस्य चन्द्र कुमारी चौधरी लगायतले शुुभकामना मन्तव्य दिए।

थाकस चितवनका पूर्व सभापति एवम् आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरीले खिचरा महोत्सवंको महत्वबारे प्रकाश पारेका थिए। थारु पत्रकार संघ चितवनका सचिव मनिराम थनेतले कार्यक्रम सञ्चालन गरेका थिए। अतिथि आमन्त्रण तथा सत्कार समितिका संयोजक राजेन्द्र प्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरे।

समुदघाटन समारोह खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक तथा थाकस चितवन क्षेत्र नं. ७ का सभापति नारायण प्रसाद महतोको सभाध्यक्षतामा सम्पन्न भएको थियो  समुदघाटन कार्यक्रम शुरु हुनु भन्दा अगाडि पर्साको बाबा पेट्रोल पम्पबाट विभिन्न झाँकी सहितको शोभायात्रा पर्साबजार परिक्रमा गरी महोत्सव स्थल पुगेका थिए । शोभायात्रामा सहभागी हुनका लागि विभिन्न स्थानका ५३ टोलीहरु सहभागी थिए।

Leave a Reply

Your email address will not be published.