जनजाति महासंघबाट एमालेसँगै थारु पनि बढारियो, अध्यक्षमा जगत बराम विजयी

नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट जगत बराम विजयी भएका छन् । नयाँ नेतृत्वका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्य भुजेललाइ ८ मतले पछि पार्दै काँग्रेस र माओवादी केन्द्रलगायत दलको प्यानलका उम्मेदवार बराम विजयी भएका हुन् । महासंघमा एमाले सबै सीटमा पराजीत भएकाे छ ।

५६ मतदातामध्ये बरामले ३१ र भुजेलले २३ मत पाएको नेपाल आदीवासी जनजाति जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष पदम गुरुङ्गले जानकारी दिए । निर्वाचनमा १ मत बदर भएको थियो । उपाध्यक्षमा पनि संयुक्त प्यानलकै उम्मेद्वारहरू विजयी भएका छन् ।

यस्तै महासचिवमा गठबन्धनकै संघीय समाजवादीका नित्यानन्द ताजपुरिया र कोषाध्यक्षमा माअाेवादी मुकुन्द पहारी विजयी भएका छन् । ताजपुरियाले ३७ र उनका प्रतिद्वन्दी टासी हृवाल्मुले १५ मत पाएको थिए ।

यसैगरी कोषाध्यक्षका उम्मेदवार मुकुन्द पहारीले ३६ र उनका प्रतिद्वन्दी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गरेका थिए । उपाध्यक्षहरुमा माअाेवादीका गणेश थकाली र कुष्णकुमारी थकाली विजयी भएका छन् ।

त्यस्तै सचिवमा श्रृति कुमाल विजयी भएको भुलेज समाजका केन्द्रीय सचिव प्रकाश भुजेलले जानकारी दिए । एमालेविरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन रहेको छ ।

महाधिवेशनले १३ सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाइएको महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए । महाधिवेशनबाट संशोधीत विधानअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित ८ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको छ । समावेशीतर्फ एक उपाध्यक्ष र एक सचिव महिलाबाटै प्रतिष्पर्धा हुने तथा पाँच जना महिला सचिव अनिवार्य गरिएको छ ।

यस्तो छ नतिजा

१- अध्यक्ष – जगत बराम ,
उपाध्यक्ष –
२- – किरण सुनुवार
३- – गणेश लाल थकाली
४- – गोबिन्द छन्त्याल
५- -नवीन रोका
६- – लोक बहादुर दुरा
७- – श्याम प्रसाद मन्डल
८- – शोनम लामा
महिला उपाध्यक्ष
९- – कृष्ण कुमारी शेर्चन
महा सचिब
१०- – नित्यानन्द ताजपुरिया
सचिब ( खुल्ला)
११- – आङपाङ शेर्पा
१२- – गोपाल माझी
१३- – दान सिंह राउटे
१४- – राज कुमार बोटे
१५- – सुख वीर थामी
महिला सचिब
१६- – लाक्पा हिसे शेर्पा
१७- – शान्ती देबि धिमाल
१८- – सुखमती राजबन्शी
१९- – सोनम लामा मुगाली
२०- – श्रुति माया कुमाल
कोषअध्यक्ष
२१- – मुकुन्द बहादुर पहरी

Leave a Reply

Your email address will not be published.